काठमाडौं । नेपाली कांग्रेसको इतरपक्षले तीन दिने राष्ट्रिय भेला सुरु भएको छ । कार्यक्रमको प्रमुख अतिथि कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा रहेका छन् ।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु भएको भेलामा इतर पक्षका शीर्ष नेताहरू सहभागी भएका छन् । देउवासँगै भेलाको संयोजक डा. शशांक कोइराला, पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, एनपी साउँद, डा. प्रकाशशरण महत उपस्थित भएका छन् ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय भेला प्रचारप्रसार समितिका संयोजक मीनबहादुर विश्वकर्माले गरिरहेका छन् । देउवा कार्यक्रम स्थलमा सहभागी हुँदै गर्दा विश्वकर्माले उनलाई पार्टीका सभापति तथा निवर्तमान सभापति नभनेर नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री भनेर आसन ग्रहण गराएका छन् ।
कार्यक्रमा स्वागत मन्तव्य राख्दै वागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले भने उनलाई पार्टीको संयोकजभ नेर सम्बोधन गरेका थिए ।