देशैभर एकैसाथ लन्च भयो पञ्च ईभी, ३२ लाख ९९ हजारमै पाइने

काठमाडौं । टाटाको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी ‘पञ्च ईभी’ नेपालमा सार्वजनिक भएको छ ।

काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा लन्च भएसँगै पञ्च ईभी देशभरका आधिकारिक शोरुमबाट एकसाथ सार्वजनिक गरिएको हो ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले पञ्च ईभी सार्वजनिक गरेको हो ।

पञ्च ईभी बिर्तामोड, विराटनगर, इटहरी, मधेस प्रदेश, पोखरा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज र धनगढीका आधिकारिक शोरुमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जङ्ग सिजापतिले पञ्च ईभीप्रति नेपाली ग्राहकको उत्साह बुकिङमै देखिएको बताए ।

उनका अनुसार बुकिङ भएका सुरुवाती मोडलसहितका गाडी केही दिनभित्रै ग्राहकलाई डेलिभरी दिइनेछ । 

३२ लाख ९९ हजारमै खरिद गर्न सकिने

नयाँ पञ्च ईभीको नियमित सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

तर, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले ३२ लाख ९९ हजार रुपैयाँमै पञ्च ईभी खरिद गर्न सक्नेछन् ।

एक्स्पो अफरअन्तर्गत बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी समेत उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार यो अफर एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकका लागि लागू हुनेछ ।

Share News