काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८२÷८३ मा खुद नाफा १२६.३९ प्रतिशत बढेर १० करोड ६८ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा लघुवित्तले ४ करोड ७२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आवमा लघुवित्त संस्थाले ५० करोड ६५ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ४८ करोड १ लाख ३३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तले ५ करोड ६५ लाख ४४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ५६ करोड ५८ लाख ६६ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १५ करोड २४ लाख ४ हजार रुपैयाँ सञ्चालन नाफा रहेको छ ।
अघिल्लो वर्ष लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ५२ करोड ८७ लाख ५९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ३ करोड २४ लाख ८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
लघुवित्तको वितरणयोग्य नाफा ८ करोड ९० लाख ३७ हजार रुपैयाँ रहेको छ । यस आधारमा लघुवित्तको लाभांश क्षमता २०.१६ प्रतिशत पुगेको छ ।
४४ करोड १६ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ३७ करोड १० लाख १ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष १०.४५ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) गत वर्ष बढेर ११.९४ प्रतिशत पुगेको लघुवित्तले जनाएको छ ।
गत असारसम्म लघुवित्तको निक्षेप २ अर्ब ८५ करोड ६८ लाख रुपैयाँ तथा सापटी ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ र कर्जा लगानी ६ अर्ब ७ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष निक्षेप २ अर्ब ६० करोड ६० लाख रुपैयाँ तथा सापटी २ अर्ब ५६ करोड ९० लाख रुपैयाँ र कर्जा लगानी ५ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ थियो ।
अघिल्लो वर्ष १०.६९ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २४.२० रुपैयाँ पुगेको छ । यस्तै लघुवित्तको प्रतिसेयर नेटवर्थ २०४.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३८.०१ गुणा रहेको छ ।