काठमाडौं । बीवाईडीका पुराना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले नेपालका लागि आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक प्रालिले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ ।
आइतबार एक कार्यक्रमको आयोजना गरी अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।
कम्पनीका अनुसार अभियान देशभर रहेका बीवाईडीका १३ वटा आधिकारिक सर्भिस सेन्टरमा एकसाथ लागू भएको छ ।
अभियानअन्तर्गत विशेषगरी सेप्टेम्बर २०२४ भन्दा अघि डेलिभरी भएका र बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन सुविधा नपाएका योग्य सवारीसाधनमा ती सुविधा निःशुल्क उपलब्ध गराइनेछ ।
त्यस्ता ग्राहकले इन्फोटेनमेन्ट सुविधासहित ६ महिनासम्म निःशुल्क बीवाईडी एप कनेक्टिभिटी डाटा प्राप्त गर्नेछन् ।
साइमेक्सका अनुसार अभियानले बीवाईडी ग्राहकको बिक्रीपछिको सेवा, स्मार्ट कनेक्टिभिटी र स्वामित्व सुरक्षालाई एउटै पहलमा समेटेको छ । यसका लागि एनसेल, शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्ससँग सहकार्य गरिएको छ ।
‘केयर प्लस’ अभियानलाई ‘केयर प्लस’, ‘कनेक्ट प्लस’ र ‘प्रोटेक्ट प्लस’ गरी तीन मुख्य आधारमा विभाजन गरिएको छ ।
‘केयर प्लस’अन्तर्गत बीवाईडीका आधिकारिक सर्भिस सेन्टरबाट सवारीको विस्तृत निरीक्षण, जेन्युइन स्पेयर पाट्र्स, प्रोफेसनल डायग्नोस्टिक सेवा र प्रमाणित प्राविधिकमार्फत सर्भिस उपलब्ध गराइनेछ ।
त्यस्तै, ‘कनेक्ट प्लस’अन्तर्गत सिम एक्टिभेसन, बीवाईडी एप एक्टिभेसन, कनेक्टेड भेइकल फिचर र इन्फोटेनमेन्ट कनेक्टिभिटी सेवा उपलब्ध हुनेछ । यसका लागि बीवाईडी नेपालको आईओटी साझेदार एनसेलले सहयोग गर्नेछ ।
‘प्रोटेक्ट प्लस’अन्तर्गत बीमा परामर्श, बीमा नवीकरणमा सहयोग, योग्य सवारीका लागि विस्तारित वारेन्टीसम्बन्धी जानकारी तथा सहजीकरण उपलब्ध गराइनेछ । यसमा १० वर्षसम्मको विस्तारित वारेन्टी सम्बन्धी सुविधा पनि समावेश रहेको कम्पनीले जनाएको छ ।
दुर्घटनाको अवस्थामा नगदरहित सेवा तथा बीमा दाबी प्रक्रियामा समन्वय र सहजीकरणसमेत गरिनेछ । यसका लागि शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सले सहयोग गर्नेछन् ।
अभियानअन्तर्गत योग्य बीवाईडी ग्राहकले ब्याट्री कभर, स्पेयर टायर तथा डेन्ट एन्ड पेन्ट सेवामा १०–१० प्रतिशत छुट पाउनेछन् ।
त्यस्तै, ग्राहकले एकपटक निःशुल्क होम चार्जर चेक–अप सुविधा पनि प्राप्त गर्नेछन् ।
बीवाईडी एप कनेक्टिभिटी सुविधा यसअघि नपाएका योग्य ग्राहकले इन्फोटेनमेन्ट सुविधासहित ६ महिनासम्म निःशुल्क कनेक्टिभिटी डेटा पाउने कम्पनीले जनाएको छ ।
साइमेक्स इंक प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले ग्राहकको वास्तविक स्वामित्व यात्रा सवारी डेलिभरीपछि सुरु हुने बताए ।
उनले बिक्रीपछिको सेवा, स्मार्ट कनेक्टिभिटी र स्वामित्व सुरक्षालाई एउटै पहलमा समेटेर देशभरका १३ वटै सर्भिस सेन्टरबाट सेवा उपलब्ध गराउन अभियान सुरु गरिएको बताए ।
बीवाईडीको आधिकारिक सर्भिस नेटवर्क हाल नेपालका धनगढी, नेपालगञ्ज, दाङ, बुटवल, पोखरा, चितवन, ललितपुर, काठमाडौं, वीरगञ्ज, जनकपुर, इटहरी, विराटनगर र बिर्तामोड गरी १३ स्थानमा रहेको छ ।
ग्राहकलाई थप सहज र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले सन् २०२६ भित्र भक्तपुर, डल्लु र लहानमा थप तीनवटा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।
‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान नाइमा मोबिलिटी एक्स्पो २०२६ को पूर्वसन्ध्यामा सुरु गरिएको हो ।
आगामी अगस्ट ११ देखि सुरु हुने एक्स्पोमा बीवाईडीले आफ्ना नवीनतम उत्पादन तथा सेवाहरू प्रस्तुत गर्ने तयारी गरेको छ ।