काठमाडौं । पलाँता अस्पतालमा चिकित्सक तथा नर्समाथि दुर्व्यवहार गर्दै अस्पतालमा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कालीकोटका अनुसार कालीकोटको पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा चिकित्सक तथा नर्समाथि दुर्व्यवहार गर्दै अस्पतालमा तोडफोड गर्ने तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरूमाथि जिल्ला प्रहरी कार्यालय, कालीकोटले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार साउन २२ गते अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गर्नुका साथै अनधिकृत रूपमा अस्पताल प्रवेश गरी सामान तोडफोड गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको हो।