१८५ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.०५ अंकले घटेर २६५० बिन्दुमा झरेको हो ।

नेप्सेका अनुसार ८४ कम्पनीको सेयर मूल्य बढ्दा १८५ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

शुक्रबार ३३४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोको भएको छ । सोलुको ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, रिडि पावरको २३ करोड, सानिमा बैंकको १७ करोड, खानीखोला हाइड्रोको १३ करोड र आँखु खोलाको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ८.५४ प्रतिशत र एचएलआई लार्जको सेयर मूल्य ५.१८ प्रतिशतले बढेको छ ।
 

Share News