काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको बन्दमुखी सामूहिक लगानी कोष ‘एलएस होराइजन १२’ सूचीकृत भएको छ ।
नेप्से र लक्ष्मी सनराइज क्यापिटलबीच सम्झौता सम्पन्न भएपछि प्रतिइकाइ अंकित तथा चुक्ता मूल्य १० रुपैयाँ कायम भएका १५ करोड इकाइ नेप्सेमा सूचीकृत गरिएको हो ।
सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको उक्त योजनाका सबै १५ करोड इकाइ सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार ‘एलएस होराइजन १२’ को दोस्रो बजार कारोबार साउन २१ गतेदेखि सुरु हुनेछ । सूचीकृतिपछि आरटीएस सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत उपलब्ध गराइनेछ ।