सेयर बजारमा १६४ कम्पनीको मूल्य बढ्यो, ८ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार समान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.११ अंकले बढेर २५७६ बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार १६४ कम्पनीको मूल्य बढ्दा १०१ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

मंगलबार ३८३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार १० प्रतिशत केबीएल डिभेन्चरको ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै १० प्रतिशत एनआइएमबी डिभेन्चरको ३९ करोड र ७ प्रतिशत नेपाल एसबीआईको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १२ वटा उपसमूहको सूचकमा हरियाली छाएको छ । बैंकिङ ०.०९ प्रतिशत, डेभलपमेन्ट बैंक ०.२९ प्रतिशत, फाइनान्स ०.५१ प्रतिशत, होटल तथा पर्यटन ०.०८ प्रतिशत, हाइड्रो ०.२७ प्रतिशत र व्यापारको १.४७ प्रतिशतले बढेको छ । 
 

Share News