रिलायन्स स्पिनिङको ७.७० लाख कित्ता सेयरको लक इन अवधि भदौमा सकिने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको योग्य संस्थागत लगानीकर्ताका लागि छुट्टाइएको ७ लाख ७० हजार ६४० कित्ता सेयरको लक इन अवधि आगामी भदौ १ गते समाप्त हुने भएको छ ।

कम्पनीको जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत बराबरको १९ लाख २६ हजार ६०० कित्ता साधारण सेयरमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई निष्कासन तथा बाँडफाँट गरिएको थियो ।

रिलायन्स स्पिनिङको सेयर २०८२ फागुन १ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो । धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअनुसार योग्य संस्थागत लगानीकर्तालाई छुट्टाइएको सेयर सूचीकरण भएको मितिले छ महिनासम्म लक इन राख्नुपर्ने व्यवस्था छ ।

उक्त कानुनी व्यवस्थाअनुसार कम्पनीको योग्य संस्थागत लगानीकर्ताका लागि छुट्टाइएको सेयरको लक इन अवधि भदौ १ गते समाप्त हुने कम्पनीले जनाएको छ । लक इन अवधि सकिएपछि ती सेयर दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछन् ।

Share News