‘श्री ८’ टिप्पणीपछि प्रतिनिधिसभामा विवाद, रेकर्डबाट हटाउन रास्वपाको माग

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै ‘श्री ८’ भन्ने टिप्पणी गरेपछि प्रतिनिधिसभामा विवाद उत्पन्न भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै राईले सरकारले प्रधानमन्त्रीलाई संविधानभन्दा माथि राख्ने प्रयास गरेको आरोप लगाए । 

सोही क्रममा उनले प्रधानमन्त्री शाहलाई ‘श्री ८’ को संज्ञा दिएका थिए ।

राईको अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवजी यादवले नियमापत्ति जनाउँदै उक्त टिप्पणी लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय मर्यादाविपरीत रहेको बताए ।

यादवले सभामुखसँग राईको उक्त अभिव्यक्ति संसदको अभिलेख (रेकर्ड)बाट हटाउन माग गर्दै संसदीय भाषाको मर्यादा कायम गर्न आग्रह गरे ।

सभामुखले यस विषयमा के निर्णय गर्ने भन्नेबारे भने तत्काल कुनै निर्णय सुनाएका छैनन् ।

Share News