काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले आइतबार (आज) दिउँसो लामिछानेकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।
उनी निकट स्रोतका अनुसार यो भेट नियमित हो । यसअघि पनि सभापति लामिछानेसँग राजनीतिक र संगठनात्मक कुराहरूबारे छलफल हुने गरेको थियो ।
आजको भेटमा पनि सरकारका पछिल्ला काम कारबाही र संगठनात्मक विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।