नेप्सेका चुडामणि चापागाईंको राजीनामा स्वीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले दिएको राजीनामा अर्थ मन्त्रालयले स्वीकृत गरेको छ ।

सीईओ चापागाईंले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामापत्र बुझाएका थिए। उनले राजीनामाको कारण व्यक्तिगत कारण उल्लेख गरेका छन् ।

अर्थ मन्त्रालयले सोही दिन उनको राजीनामा स्वीकृत गरेसँगै नेप्से नेतृत्वमा परिवर्तन भएको छ । चापागाईंको बहिर्गमनसँगै अब नयाँ सीईओ नियुक्तिको प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा बजारको चासो केन्द्रित भएको छ ।

Share News