बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । दुर्घनामा दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन तिमल्सिनाका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिए ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।