विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा थप ६ दिन म्याद थप भएको छ । पक्राउ परेपछि उनीविरुद्ध तेस्रोपटक म्याद थप गरिएको हो ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थप गर्न आदेश दिएको हो । पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।

उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो ।

Share News