रास्वपाको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, बनस्थलीमा सपथग्रहण जारी

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सपथग्रहण कार्यक्रम सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा जारी कार्यक्रममा महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिन थालेका हुन् । सपथसँगै नयाँ नेतृत्वले औपचारिक रूपमा पार्टीको जिम्मेवारी सम्हाल्ने एक नेताले बताए ।

चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वलाई आज सपथ गराइँदै छ । सपथग्रहणपछि नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गर्ने तथा पार्टीलाई आगामी राजनीतिक कार्यदिशाअनुसार अघि बढाउने तयारी रहेको जनाइएको छ ।

सपथग्रहण कार्यक्रममा पार्टीका शीर्ष नेता, केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ । पार्टी सभापति रवि लामिछानेले महाधिवेशन हलमै सपथ लिएका थिए ।

सपथग्रहण कार्यक्रम अहिले पनि जारी छ ।

Share News