काठमाडौं । सार्वजनिक यातायात तथा पशुपति मन्दिर क्षेत्रमा लुटपाट गर्ने दुई जना भारतीय पक्राउ परेका छन् । भारत गोरखपुर घर भई हाल भक्तपुर बस्ने ३४ वर्षीय रन्जीत चौधरी र सिसवा घर भएका भक्तपुर ४५ वर्षीय शान्ति चमार रहेका छन् ।
उनीहरूले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको तथा पशुपति नाथ मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको सुनचाँदीका गरगहना लुट्ने गरेका थिए ।
दुई जना भारतीय नागरिकहरूलाई चोरी गरिएको सुनचाँदीका गरगहना, नगद र मोबाइल सहित प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार उनीहरूलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
सुनको सिक्री लकेट थान- १
सुनको झुम्का थान-४
सुनको मुन्द्रा थान- ६
पोते सहित सुनको मङ्गलसूत्र थान-१
चाँदीको औँठी थान- १
चाँदीको सिक्का थान- १
चाँदीको पाउजु थान-४
चाँदीको सिक्री थान-१
चाँदीको खुट्टामा लगाउने बिच्छी थान- २
चाँदीको ब्रासलेट थान १
नेपाली नगद रु १,१५,५००
भारतीय रुपैयाँ ८०,०००
विभिन्न कम्पनीका मोबाइलहरू थान- ६
भारतीय प्यान कार्ड थान- २ आधार कार्ड थान- १
जैविक कृषि बिस्तार योजनाको कार्ड थान- १ १८. खोप कार्ड थान- १
चाँदीको लकेट थान - १