काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई वेलनेस, फिटनेस र लाइफस्टाइल सेवामा विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ ।
डिशहोमको ‘भर्चुअल प्रिभिलेज कार्ड’ कार्यक्रमअन्तर्गत भएको सहकार्यअनुसार डिशहोमसँग आबद्ध ग्राहक, कर्मचारी, अधिकृत डिलर तथा सेवा साझेदारले तुषाल मल्टिभेन्युमा विभिन्न सेवामा आकर्षक छुट पाउनेछन् ।
सम्झौताअनुसार साउना, स्टिम र ज्याकुजी सेवामा ५० प्रतिशत, नयाँ जिम सदस्यतामा २० प्रतिशत, चयनित वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत र फुड एन्ड बेभरेज सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ ।
डिशहोमका अनुसार यो सहकार्यले ग्राहकलाई स्वस्थ र गुणस्तरीय जीवनशैलीतर्फ प्रेरित गर्नुका साथै वेलनेस सेवामा सहज पहुँच विस्तार गर्नेछ । साथै, ग्राहक सहभागिता बढाउने र मूल्य अभिवृद्धि गर्ने उद्देश्यले यस्ता साझेदारीलाई निरन्तरता दिइने जनाएको छ ।
छुट सुविधा लिनका लागि ग्राहकले माइ डिशहोम एप डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडीमार्फत लगइन गर्नुपर्नेछ । त्यसपछि एपमा रहेको ‘भर्चुअल प्रिभिलेज कार्ड’ देखाएर तुषाल मल्टिभेन्युमा छुट लिन सकिने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा तुषाल मल्टिभेन्युका आईटी हेड राजकुमार श्रेष्ठ र डिशहोमका वरिष्ठ कर्पोरेट हस्पिटालिटी अकाउन्ट अफिसर देवराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुवै संस्थाले यस सहकार्यले ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउनुका साथै दीर्घकालीन रणनीतिक साझेदारीलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।