३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको कारण आज राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ जारी गर्ने भएको हो ।

यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको लागि आज ३ बजेसम्ममा अनलाइनबाट बोलकबोल हुनेछ । बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ ।

राष्ट्र बैंकले जारी गर्न लागेको यो ऋणपत्र एकवर्षे अवधिको लागि हो  । यसको साँव भुक्तानी २०८४ असार १६ गते हुनेछ । त्यस्तै ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने छ।

यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

Share News