धरौटीमा छुटे पासपाेर्ट प्रकरणका पाँच आरोपित

अदालतले तोक्यो ३ देखि ५ लाख रुपैयाँ धरौटी

काठमाडौं । राहदानी भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच जना आरोपितलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले आरोपितहरूको भूमिकाअनुसार ३ लाखदेखि ५ लाख रुपैयाँसम्म धरौटी लिएर छाड्न आदेश दिएको हो ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

यस्तै विभागका कर्मचारी सोमेश थापा र विपिन प्रसाईंसँग जनही ३ लाख रुपैयाँ तथा ठेकेदार कम्पनीका नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग ५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हाे । 

यसैबीच, सोही मुद्दाका अन्य दुई आरोपित तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई भने साधारण तारेखमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ ।

Share News