दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा अन्तिम १६ मा

काठमाडौं । विश्वकप फुटबलअन्तर्गत नकआउट चरणको पहिलो खेलमा क्यानडाले अन्तिम १६ मा स्थान बनाएको छ । 

क्यानडाले दक्षिण अफ्रिकालाई १-० ले हराउँदै ऐतिहासिक रूपमा प्रि-क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । 

५ मिनेट थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफेन एउस्ताकियोले गोल गर्दै क्यानडाकाे जित सुनिश्चित गरे । 

दुबै टोली पहिलो पटक नकआउट चरणमा स्थान बनाउन सफल भएका थिए ।

खेलमा जित हासिल गरेसँगै क्यानडाले अब क्वाटरफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र मोरक्को बीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।
 

Share News