मेटलाइफले व्यतित जीवन बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूलाई व्यतित बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा शत प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीले सीमित अवधिका लागि विशेष अभियान सञ्चालन गर्दै सो छुट घोषणा गरेको हो ।

कम्पनीका अनुसार ग्राहकले यो सुविधा वान बाई मेटलाइफ एप वा नजिकको शाखा कार्यालयमार्फत प्राप्त गर्न सक्नेछन् ।

पाँच वर्षभित्र व्यतित भएका पोलिसीहरू पुनःसक्रिय गर्दा विलम्बशुल्कमा शतप्रतिशत छुट यस योजनाको मूख्य विशेषता हुन् । त्यस्तै ग्राहकले पाँच वर्षभन्दा बढी समयदेखि व्यतित रहेका पोलिसीहरू पुनःसक्रिय गर्दा विलम्बशुल्कमा ७५ प्रशित छुट पाउनेछन् । यसका लागि  वान बाई मेटलाइफ एप वा मेटलाइफको शाखा कार्यालयमार्फत सेवा उपलब्ध हुने छ । यो अवधि जुन १८ देखि जुलाई १६, २०२६ सम्म रहने छ । 

यस अभियानमार्फत ग्राहकहरूले अतिरिक्त जरिवानामा बचत गर्दै आफ्नो बीमा सुरक्षा पुनःसुरु गर्न सक्नेछन् । वान बाई मेटलाइफ एप प्रयोग गर्ने ग्राहकहरूले शाखा कार्यालयमा उपस्थित नभई सम्पूर्ण प्रक्रिया सहज रूपमा सम्पन्न गर्न सक्ने कम्पनीले जनाएको छ ।

null

 

एपमार्फत पोलिसी पुनःसक्रिय गर्न ग्राहकहरूले एपमा लगइन गरी माई इन्सुरेस अन्तर्गत रहेको निष्क्रिय पोलिसी चयन गर्नुपर्नेछ । त्यसपछि रेंस्तेट पोलिसी विकल्पमा गई आवश्यक विवरण भरेर अनुरोध पेश गर्न सकिनेछ। ग्राहकहरूले आफ्नो अनुरोधको अवस्था पनि एपबाटै सहज रूपमा हेर्न सक्नेछन्, जसले बारम्बार जानकारी लिनुपर्ने आवश्यकता हटाउँछ ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘हामी ग्राहकहरूका लागि बीमा सेवाहरूलाई अझ सरल, सहज र पहुँचयोग्य बनाउने दिशामा निरन्तर काम गरिरहेका छौं, वान बाई मेटलाइफ एपमार्फत पोलिसी पुनःसक्रिय गर्ने प्रक्रिया अहिले अझ छिटो, सजिलो र सुविधाजनक बनेको छ । हामी सबै ग्राहकहरूलाई यस विशेष अभियानको लाभ उठाई आफ्नो बीमा सुरक्षा पुनःस्थापित गर्न अनुरोध गर्दछौं ।’

Share News