विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक र सहसंयोजक नेपालले शुक्रबार (आज) नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग कोइराला निवासमा भेटवार्ता गरेका छन् ।
भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, वर्तमान सत्ता समीकरण, राष्ट्रिय राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा विचार आदानप्रदान भएको कोइरालाका निजी सचिव दिनेश थपलियाले जानकारी दिए ।
कोइराला निवासमा भएको उक्त भेटलाई पछिल्लो राजनीतिक घटनाक्रमका बीच प्रमुख दलका शीर्ष नेताबीच भएको महत्त्वपूर्ण संवादका रूपमा हेरिएको छ ।
यद्यपि भेटवार्तापछि कुनै औपचारिक निर्णय वा संयुक्त धारणा सार्वजनिक गरिएको छैन ।
यसअघि कोइरालालाई कांग्रेसका महामन्त्री गुरु घिमिरेले पनि भेटेका थिए ।