काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत इन्स्पेक्टर (प्रहरी निरीक्षक) डिल्लीबहादुर खड्का ' पुलिस अफ मन्थ' घोषित भएका छन् ।
परिसरले जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै इन्स्पेक्टर खड्कालाई प्रशंसा पत्र प्रदान गरिएको छ । काठमाडौं प्रहरी परिसरले हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रोत्साहन सम्मान गर्ने चलन चलाएको छ ।
व्यावसायिक निष्ठा, सांगठनिक नीति बमोजिम कुशलतापूर्वक सम्पादन एवं प्रहरी कारबाही तथा शान्ति सुरक्षा व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेकाले सम्मानपत्र प्रदान गरिएको जनाइएको छ ।