काठमाडाैं । गण्डकी प्रदेश सरकारले गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्दारको लागि ६ करोड विनियोजन गरेको छ ।
सोमबार अर्थमन्त्री जीतबहादुर शेरचनले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारको लागि ६ करोड विनियोजन गरेको जानकारी दिए ।