अमेरिका र इरानबीच सम्झौताको घोषणापछि तेलको मूल्यमा गिरावट

काठमाडौं । अमेरिका र इरानबीच सम्झौताको घोषणा भएपछि एसियामा सुरुवाती कारोबारका क्रममा तेलको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौताअन्तर्गत महत्त्वपूर्ण समुद्री मार्ग हर्मुज स्ट्रेट (जलडमरुमध्य) लाई पुनः खोलिने बताएका छन् ।

यसपछि वैश्विक तेल मानक ब्रेन्ट क्रुडको मूल्य ३.८ प्रतिशतले घटेर प्रति ब्यारेल ८४.०२ डलरमा झरेको छ भने अमेरिकामा कारोबार हुने तेलको मूल्य ४.१ प्रतिशतले घटेर प्रति ब्यारेल ८१.४० डलर पुगेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सम्झौतामा आधिकारिक रूपमा हस्ताक्षर आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुने बताएका छन् ।

गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलका तर्फबाट इरानमाथि हवाई आक्रमण सुरु गरिएको केही समयपछिदेखि नै हर्मुज प्रभावकारी रूपमा बन्द रहेको थियो ।

विश्वको झन्डै २० प्रतिशत तेल र लिक्विफाइड नेचुरल ग्यास (एलनजी) को आपूर्ति सामान्यतया यही समुद्री मार्गबाट हुने गर्दछ ।

हालैका महिनाहरूमा वैश्विक ऊर्जा बजारमा तीव्र उतारचढाव देखिएको छ । युद्ध सुरु हुनुभन्दा अघि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल लगभग ७० डलर थियो, तर द्वन्द्वका क्रममा यो मूल्य बढेर झन्डै प्रति ब्यारेल १२० डलरसम्म पुगेको थियो ।

अमेरिका र इरानबीच शान्ति सम्झौता, चार महिना लामो युद्ध अन्त्य हुने
 

Share News