काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि आवेदन दिएकाहरूको सर्टलिस्ट (अल्पसूची) सार्वजनिक गरेको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७ जना र अन्य विश्वविद्यालयहरूमा १०/१० जनाका दरले सूची सार्वजनिक गरिएको छ । लुम्बिनी बौद्धमा ७ जनाको मात्रै आवेदन परेको थियो ।
कुल आठ विश्वविद्यालयका लागि २१८ आवेदनहरूमध्ये १८८ वटा आवेदन स्वीकृत भएका थिए । त्यसमा पनि शुक्रबार सिफारिस समितिले सर्टलिस्ट सार्वजनिक गरेको हो ।
मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका लागि आवेदन माग गरेको थियो ।
यस्तो छ विवरणसहित: