काठमाडौं । विद्युत नियमन आयोगको रिक्त अध्यक्ष तथा सदस्य पदका लागि आवेदन दिने उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक भएको छ ।
विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले सूचना प्रकाशन गरी आवेदन माग गरेबमोजिम दुवै पदका लागि मुलुकका ख्यातिप्राप्त प्राविधिक, इन्जिनियर, डाक्टर तथा विशिष्ट विशेषज्ञहरूले उत्साहजनक रूपमा दरखास्त पेश गरेका छन् ।
सिफारिस समितिले मिति २०८३/०२/०७ गते प्रकाशन गरेको सूचनाअनुसार दरखास्त दिने अन्तिम मिति २०८३/०२/२१ सम्म तोकेको थियो ।
प्राप्त विवरण अनुसार आयोगको अध्यक्ष पदका लागि १० जना र खुला सदस्य पदका लागि २२ जना उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका छन् । नारायणप्रसाद सापकोटा र डा. शान्तिकला सुवेदीले भने दुवै पदका लागि आवेदन दिएका छन् ।
आयोगको अध्यक्ष पदका लागि दरखास्त पेश गर्ने १० जना उम्मेदवारहरू
१. रुद्रप्रसाद गौतम, भरतपुर महानगर ५
२. केशव अधिकारी, ललितपुर महानगर ११
३. डा.राम धिताल, सिन्धुपाल्चोक
४. रामेश्वर प्रसाद कलवार, पर्सा नगरपालिका
५. मधुप्रसाद भेटवाल, काठमाडौं
६. मोती बहादुर कुँवर, काठमाडौं
७. डा. मधुसुधन अधिकारी, काठमाडौं महानगर ३२
८. डा. भोलानाथ शर्मा अधिकारी, गोरखा १०, गोरखा
९. नारायण प्रसाद सापकोटा, भरतपुर महानगर वडा नं. १२
१०. डा. शान्तिकला सुवेदी, नागार्जुन नगरपालिका
२. आयोगको सदस्य पदका लागि आवेदन दिने २२ जना उम्मेदवारहरू
१. डा. शेखर अर्याल, गोकर्णेश्वर नगरपालिका ६
२. राजीव कुमार सिंह, मनरा नगरपालिका महोत्तरी
३. निरज्वल बस्नेत, उदयपुर
४. रुद्रप्रसाद सिटीला काठमाडाैं महानगर ५
५. जयराज भण्डारी, बत्तिसपुतली
६. ब्रजमोहन झा, महोत्तरी, वडा नं. ८
७. सुरेश ब. भट्टराई धनकुटा, हालः जोरपाटी
८. प्रकाश ज्ञवाली, तानसेन ४, पाल्पा
९. लोकराज पाठक, का.म.न.पा. ३
१०. रामप्रसाद गौतम, गुल्मी
११. झमक प्रसाद शर्मा, संखुवासभा
१२. विशाल सिलवाल, पर्सा
१३. बलराम सिलवाल, धादिङ
१४. राजिव दाहाल, दमक १२, झापा
१५. विज्ञान श्रेष्ठ, काठमाडौं
१६ .दिवाकर मल्लिक, महोत्तरी
१७. अर्जुनकुमार गौतम, मध्यपुर थिमी १, भक्तपुर
१८. नरेन्द्र सिंह भण्डारी, काठमाडौं
१९. नारायण प्रसाद सापकोटा, भरतपुर महानगरपालिका १२
२०. कल्पमोहन सोती, काठमाडौं महानगरपालिका ३
२१. शान्तिकला सुवेदी, नागार्जुन नगरपालिका
२२. कुशेश्वर प्रसाद साहु, डाक्नेश्वरी, सप्तरी