काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ आयोजना हुने भएको छ । जेठ २९ देखि असार २ गतेसम्म एक्स्पो सञ्चालन हुन लागेको हो ।
आयोजकका अनुसार एक्स्पोमा एक सयभन्दा बढी स्वदेशी तथा विदेशी ब्रान्ड सहभागी हुनेछन् ।
एक्स्पोमा एफएमसीजी, घरायसी सामग्री, इलेक्ट्रोनिक्स, फेसन, स्वास्थ्य तथा सौन्दर्य, प्रविधि, हस्तकला र गहनालगायतका उत्पादनहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
मेला अवधिभर विशेष छुट, लक्की ड्र र आकर्षक उपहारहरू रहनेछ ।
मेला दैनिक बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ । आयोजकले ३५ हजारभन्दा बढी आगन्तुकले एक्स्पोको अवलोकन गर्ने अपेक्षा गरेको छ ।