काठमाडौं । टिकटकर तथा व्यवसायी तुलसा अधिकारीलाई अदालतमा हाजिर गराइएको छ । सोमबार अदालतमा उपस्थित गराइए पनि थुनछेक बहस हुन सकेन ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रले आज ललितपुर जिल्ला अदालतमा पेश गरिने पनि थुनछेक बहस हुन नसकेको जानकारी दिए ।
‘अदालत खुलेपछि आजै पेश गरिएको थियो अधिकारीलाई,’ उनले भने, ‘विविध कारणले बहस हुन सकेन ।’
भोलि पुनः अदालतमा पेश गरिने मिश्रको भनाइ छ । अदालतमा उनीविरुद्ध आपराधिक विश्वासघात, आपराधिक लाभ ठगी र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाइएको छ ।
शनिबार राति १ बजे अधिकारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
इन्टरपोलमार्फत उनलाई प्रहरीले थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको हो । उनी केही समयदेखि चीनमा बसेर पत्थर तथा मुगाको व्यापार गर्दै आइरहेकी थिइन् ।