पर्यटक भिसामा नेपाल आएर छालाको ज्याकेट बेच्ने दुई चिनियाँ पक्राउ

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । शुक्रबार देवचुली नगरपालिका– १३ स्थित दलदले भन्ने ठाउँमा चेन जीवक्विएन र यी लिहुवा पक्राउ परेका हुन् ।

छालाको जस्तो देखिने ४३ थान ज्याकेटहरूको बिक्री–बितरण गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सूचना अधिकारी अनिल पण्डितले जानकारी दिए ।

उनीहरूले एउटा ज्याकेटको मूल्य ३ देखि ४ हजारमा बेच्ने गरेको उनको भनाइ छ ।

बिना बिलबिजक नभएका ज्याकेट उनीहरूको साथमा रहेको प्रहरीले जनाएको छ । उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए ।

थप अनुसन्धानका लागि कालिकास्थानस्थित अध्यागमन विभाग पठाइएको पण्डितले जानकारी दिए ।

Share News