धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने परियार टोखाबाट पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं । 'मठ- मन्दिर आगो लगाइदिन्छौ’ भन्ने तथा धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएका एक व्यक्ति पक्राउ परेका छन् । 

सामाजिक सञ्जालमा देखिएको भिडियोमा 'मठ मन्दिर आगो लाइदिन्छौ' जस्ता धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने २७ वर्षीय जनक परियार पक्राउ परेका हुन् ।

रुकुम पश्चिम, आठविसकोट नगरपालिका १२ का काठमाडौं, टोखा नगरपालिका ८ बानियाँटार बस्ने २७ वर्षीय परियारलाई नियन्त्रणमा लिएर थप ४ दिनकाे म्याद थप गरेर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।

Share News