काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १५ जना सांसदमाथि अनुसन्धान गर्न निर्देशन दिएको छ ।
आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा प्रतिनिधिसभा सदस्यहरू ज्वाला संग्रौला, सुधन गुरुङ, आशिका तामाङ, गणेश कार्की, सुलभ खरेल, दीपक बोहोरा, केपी खनाल, मनीष झा, शोम शर्मा, बब्लु गुप्ता, डा. तोसिमा कार्की, हरि ढकाललगायतका १५ जनाविरुद्ध अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको उल्लेख छ ।
जेनजी आन्दोलनका क्रममा भएका विभिन्न गतिविधि, प्रदर्शन तथा त्यसक्रममा उत्पन्न घटनाबारे अध्ययन गर्दा केही व्यक्तिहरूको भूमिकामाथि थप अनुसन्धान आवश्यक देखिएको आयोगको निष्कर्ष छ ।
सोही आधारमा आयोगले सम्बन्धित सुरक्षा निकाय तथा अनुसन्धान निकायलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ ।