महोत्तरीबाट १२ वर्षीय बालक सम्पर्कविहीन

काठमाडौं । महोत्तरीबाट एक किशोर सम्पर्कविहिन भएका छन् । महोत्तरी, जलेश्वर नगरपालिका १२ का गौतम कुमार यादव हराएका हुन् ।

गौतम अलहिब्स विद्यालको कक्षा ३ मा अध्ययनरत १२ वर्षीय यादव जेठ ७ गतेदेखि हराइरहेका हुन् । 

किशोरका बुबा आशुतोष यादवले बालकलाई कतै देखेमा परिवारलाई जानकारी गराइदिन अनुरोध गरेका छन् । यसका लागि उनले नम्बर ९८०५५३५३६९ समेत उपलब्ध गराएका छन् ।

शंकास्पद व्यक्तिलाई सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले विकासन्युजलाई बताए ।

हराएका किशोरका अन्य साथीहरूलाई सम्पर्कमा ल्याएर सोधपुछ गरिरहेको उनको भनाइ छ । विभिन्न ठाउँको सीसीटीभी हेरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।
 

Share News