काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ अंकले घटेर २७४२ बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार ७२ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३४८ कम्पनीको ८७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । आँखु खोलाको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, रिडि पावरको १४ करोड, एनआरएन इन्फाइस्ट्रक्चरको १३ करोड, फस्ट माइक्रो फाइनान्सको ११ करोड ७१ लाख र बुंगल हाइड्रोको ११ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।
आज अप्पर लोहर खोलाको सेयर मूल्य १४.९५ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।