ल्यापटप र मोबाइल चोरी गर्ने तीनजना एसएलआरको गोलीसहित पक्राउ

काठमाडौं । ल्यापटप र एसएलआरको गोलीसहित जडीबुटीबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय विजय तामाङ, २५ वर्षीय सागर श्रेष्ठ र २३ वर्षीय सागर खड्गी रहेका छन् ।

मंगलबार राति करिब ३ बजे सोनु मण्डलको कोठाको ताला फुटाई मोबाइल, ल्यापटप र नगद आठ चोरी भएको सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ४ वटा ल्यापटप र एसएलआरको गोलीसमेत बरामद गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार उनीहरू विभिन्न कम्पनीका ४ वटा ल्यापटप, मोबाइल ५ थान, एप्पल आइप्याड १ थान र एसएलआर राइफलको गोली २ थानसहित पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट पीडितको मात्र नभई अन्य स्थानबाट चोरी गरिएका हुनसक्ने आशंका गरिएका विभिन्न सामग्रीहरू र संवेदनशील सैन्य हतियारको गोली समेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको छ । उनीहरूविरुद्ध चोरी तथा हातहतियार सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको को म्याद थप गरेर अनुसन्धान भइरहेको छ। 
 

Share News