भिभोले नेपालमा सार्वजनिक गर्‍यो वाई ११ डि र वाई २१ फाइभ जी

काठमाडौं । भिभोले नेपालमा आफ्नो वाई सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन वाई ११ डि र वाई २१ फाइभ जी सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार आधुनिक प्रयोगकर्ताको आवश्यकता लक्षित गर्दै सार्वजनिक गरिएका यी स्मार्टफोनमा उच्च क्षमताको ब्याट्री, स्मूथ प्रदर्शन र आकर्षक डिजाइन उपलब्ध गराइएको छ ।

दुवै स्मार्टफोनमा ६५०० एमएएच ब्लुभोल्ट ब्याट्री राखिएको छ । साथै ४४ वाट फ्ल्यासचार्ज प्रविधि र २९ तहको सुरक्षा प्रणाली समावेश गरिएको कम्पनीले जनाएको छ ।

फोनमा आईपी ६५ धुलो तथा पानी प्रतिरोध क्षमता, प्रोफेसनल एन्टी–ड्रप डिजाइन तथा प्रिमियम मेटल क्यामेरा मोड्युल दिइएको छ । सनराइज गोल्ड कलर विकल्प र डायनामिक लाइट एक्सेन्ट पनि यसको विशेषताका रूपमा रहेका छन् ।

दुवै स्मार्टफोनमा १२० हर्ज रिफ्रेस रेट तथा १२०० निट्स पीक ब्राइटनेस भएको डिस्प्ले प्रयोग गरिएको छ । कम्पनीका अनुसार २०० प्रतिशत भोल्युम बुस्ट र अधिकतम ६ जीबी प्लस ६ जीबी एक्सटेन्डेड र्याम सुविधाले मल्टिटास्किङ अनुभवलाई थप सहज बनाउनेछ ।

फोटोग्राफीका लागि ५० मेगापिक्सेलको अल्ट्रा क्लियर मुख्य क्यामेरा राखिएको छ ।

भिभो वाई २१ फाइभ जीको ६ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य ३२ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै, वाई ११ डि को ४ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य २१ हजार ४९९ रुपैयाँ र ६ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य २६ हजार ९९९ रुपैयाँ रहेको छ ।

यी स्मार्टफोन नेपालभरका भिभो रिटेल स्टोर तथा दराजमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

Share News