काठमाडौं । नेपालका लागि जेएसडब्लु एमजी (जेएसडब्ल्यू एमजी) गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जीओ अटोमोबाइल्सले नेपालमा उपलब्ध एमजीका स्पेयर पार्ट्सको आधिकारिक मूल्य सूची सार्वजनिक गरेको छ ।
गाडी धनीहरूलाई सहज, किफायती र भरपर्दो अनुभव प्रदान गर्ने उद्देश्यले जीओ अटोमोबाइल्सले यी सम्पूर्ण पाट्र्सहरू भारतस्थित आधिकारिक सप्लाई चेनमार्फत सिधै आयात गरिने जनाएको छ ।
भएकाले जेन्युइन गुणस्तर, छिटो उपलब्धता र प्रतिस्पर्धी एवं किफायती मूल्य सुनिश्चित हुने कम्पनीको दावी छ ।
सरकारको मूल्य पारदर्शिता सप्ताहको अवसर पारेर कम्पनीले मूल्यसूची सार्वजनिक गरेको हो ।
साथै कम्पनीले आफ्नो बिक्रीपछिको सेवा र स्वामित्व सहयोगलाई थप सुदृढ र पारदर्शी बनाउने घोषणा गरेको छ।
पारदर्शितालाई अझ बढी प्रवर्द्धन गर्न कम्पनीले आगामी दिनमा वार्षिक मर्मत खर्चसम्बन्धी विस्तृत विवरण पनि छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।
गाडीका पार्ट्स र सेवाबारे थप जानकारी लिन चाहने ग्राहकले एमजीको आधिकारिक शोरुम वा सोझै ९८०१०२००६२ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

