यसरी हेर्नुहोस् एसईईको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)  को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजाको औपचारिक घोषणा गरेको हो ।

सार्वजनिक नतिजा अनुसार सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा सबैभन्दा बढी जीपीए ९३.६० देखि ४.००० ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ ।

४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी जीपीए ४८ हजार बढीले ल्याएको शिक्षासचिव चुडामणि पौडेलले जानकारी दिए । उनका अनुसार त्यसपछिको जीपीए ९३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ ।

२.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् ।

जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ ।

कार्यालयका अनुसार परीक्षार्थीहरूले एसएमएस, आईभीआर र विभिन्न आधिकारिक वेबसाइटहरू मार्फत आफ्नो नतिजा सहजै हेर्न सक्नेछन् ।

एसएमएस र आईभीआर सेवाका लागि नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ नम्बरमा सन्देश पठाएर वा फोन गरेर नतिजा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी, इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्न चाहनेहरूका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटहरूलाई अनुमति दिएको छ ।

परीक्षार्थीहरूले आधिकारिक सरकारी साइटहरू www.see.gov.np र www.neb.gov.np का साथै नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन्स, इडियु सञ्जाल र खल्ती जस्ता विभिन्न पोर्टलहरू प्रयोग गर्न सक्नेछन् ।

Share News