काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासकमा विजय श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कोषको प्रमुख प्रशासक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि निवर्तमान प्रमुख प्रशासक जितेन्द्र धिताललाई पदमुक्त गरिएपछि खाली रहेको उक्त पदका लागि गठित छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
समितिले जीवन कटुवाल, विजय श्रेष्ठ र भरतराज बस्तीको नाम मन्त्रिपरिषद्मा पेस गरेकोमा सरकारले श्रेष्ठलाई चयन गरेको हो ।
नवनियुक्त प्रमुख प्रशासक श्रेष्ठले अब कोषको नेतृत्व सम्हाल्नेछन् भने उनको आगमनसँगै कोषको प्रशासनिक तथा वित्तीय व्यवस्थापन थप प्रभावकारी र सुदृढ हुने अपेक्षा गरिएको छ ।