काठमाडौं । युक्रेनमा बसेका नेपालीलाई नेपाल फर्कन आग्रह गरिएको छ । जर्मनस्थित नेपाली दूतावासाले युक्रेनमा बसेका नेपालीलाई यथाशीघ्र सुरक्षित भएर नेपाल फर्कन अनुरोध गरेको ।
‘रुस तथा युक्रेनबीचको तनावको पछिल्लो घटनाक्रमलाई दृष्टिगत गर्दै कुनै पनि प्रयोजनका लागि युक्रेन भ्रमण गर्न लाग्नुभएका नेपाली नागरिकहरूलाई राजदूतावासबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि त्यस्तो भ्रमण स्थगित गर्नुहुन अनुरोध गरिन्छ,’ दूतावासले जारी गरेको सूचनामा बताइएको छ ।
दूतावासले युक्रेनमा रहेका नेपाली नागरिकहरूलाई कुनै सहयोगको आवश्यकता परेमा नेपाली राजदूतावास, बर्लिनमा सम्पर्क गर्न आग्रह गरेको छ ।