विश्वको पहिलो पानीजहाज सुरुङ् मार्ग बन्दै, समुन्द्रको ८० लाख टन चट्टान विष्फोट गरि हटाइने

<p>काठमाडौं । आँधी हुरी आइरहने समुद्री इलाका छल्न चट्टानी प्रयद्विप मुन्तिर सुरुङ मार्ग निर्माण गर्ने योजना नर्बेले अगाडि सारेको छ । स्टाड प्रायद्विप नजिकैको नर्वेली तटमा ठूला छाल र आँधी हुरीहरु आइरहेन्छ । तर पानी जहाजको सुरक्षा र तीनको गति बढाउन त्यहाँ एक महन्वकांक्षी समाधानको उपाय अघि सारिएको छ । त्यहाँको चट्टानी प्रायद्विपको मुन्तिर ‘विश्वको पहिलो [&hellip;]</p>

काठमाडौं । आँधी हुरी आइरहने समुद्री इलाका छल्न चट्टानी प्रयद्विप मुन्तिर सुरुङ मार्ग निर्माण गर्ने योजना नर्बेले अगाडि सारेको छ । स्टाड प्रायद्विप नजिकैको नर्वेली तटमा ठूला छाल र आँधी हुरीहरु आइरहेन्छ । तर पानी जहाजको सुरक्षा र तीनको गति बढाउन त्यहाँ एक महन्वकांक्षी समाधानको उपाय अघि सारिएको छ ।


त्यहाँको चट्टानी प्रायद्विपको मुन्तिर ‘विश्वको पहिलो पानीजहाज सुरुङ’ खनिने छ । यो सुरुङले उथलपुथल युक्त समुद्री इलाका छलेर दुई फियोडेका शान्त समुद्रलाई जोड्ने छ ।

पानी जहाजको निम्ति नहर मार्ग पहिले पनि बनाईएका हुन् । तर नर्वे सरकारले भनेको छ यो यस किसिमको पहिलो सुरुङ मार्ग हो ।

बीबीसीका अनुसार यसको निर्माण गर्न इञ्जिनियरहरुले अनुमानित ८० लाख टन चट्टान विष्फोन गरि हटाउनुपर्छ । उनीहरुले १७०० मिटर लामो उक्त सुरुङ मार्ग निर्माण कार्य सन् २०२३ सम्ममा सम्पन्न गर्ने आशमा छन् ।

Share News