जोसिलो र जीवन्त महासंघ बनाउँछु, निजी क्षेत्रको मनोबल गिर्न दिन्नँ : नवनिर्वाचित अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउँदै महासंघको गरिमालाई उच्च राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नवनिर्वाचित पदाधिकारीहरूको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा महासंघलाई थप प्रभावकारी र जुझारु बनाउने संकल्प गरे।

आफ्नो बाल्यकालको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘विसं २०३६/३७ सालतिर पोखरा उद्योग वाणिज्य संघको रजत जयन्तीमा ठूलो बुवासँग गएको थिएँ । त्यतिबेला मनमा परेको छाप र परिवारबाट महासंघका बारेमा बुझ्ने अवसर पाएका कारण नै आज यो नेतृत्व गर्ने स्थानसम्म आइपुगेको हुँ ।’

वर्तमान आर्थिक अवस्थाप्रति चासो व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले बैंकिङ क्षेत्रमा पर्याप्त तरलता हुँदाहुँदै पनि उद्योगी व्यवसायीहरूको मनोबल खस्किएका कारण लगानी प्रवाह हुन नसकेको तर्फ ध्यानाकर्षण गराए ।

उनले आगामी तीन वर्षभित्र सरकार र निजी क्षेत्रबीचको सम्बन्धको परिभाषा र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने, नेपालमा निजी लगानी अभिवृद्धि गर्ने र महासंघलाई जिल्ला, वस्तुगत र क्षेत्रगत आधारमा वर्गीकरण गरी थप सुदृढ बनाउने योजना अघि सारेका छन् ।

अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालका लागि ‘जोसिलो महासंघ, जीवन्त महासंघ’ को नारा अघि सारेका छन् । उनले आगामी तीन वर्षभित्र पूरा गर्ने गरी ६ स्तम्भ र ६० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

६ स्तम्भ र ६० बुँदे प्रतिबद्धता

Share News