काठमाडौं । रोयल किङ क्यासिनोबाट म्यानेजरसहित १९ जना नेपाली पक्राउ परेका छन् ।
मंगलबार राति रुपन्देहीमा रहेको रोयल किङ क्यासिनोबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय र रुपन्देही जिल्ला प्रहरीबाट खटिएका टोलीले उनीहरूलाई पक्राउ गरेका हुन् ।
नेपालीहरूलाई नगदसहित जुवा खेलाउन संलग्न रहेको भन्दै क्यासिनो म्यानेजरलाई नियन्त्रणमा लिएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार नगद ९५ हजार ५ सय, मोबाइल १७ थान र क्यासिनो क्वाइन २ सय थान जफत गरिएको छ ।
क्यासिनोमा काठमाडौं, ललितपुर, गुल्मी र वीरगञ्जबाट क्यासिनोमा नेपालीहरू पुगेका थिए ।
एक प्रहरी अधिकृतका अनुसार काठमाडौंका क्यासिनोमा प्रहरीले कडाइ गर्न थालेपछि उपत्यका बाहिरका जिल्लामा नेपाली पुग्ने गरेका हुन् ।
क्यासिनोका कर्मचारीसँग मिलेमत्तो गरेर उनीहरू क्यासिनोमा प्रवेश गर्ने गरेको एक प्रहरीले बताए ।
‘काठमाडौंबाट क्यासिनो खेल्न जाने खेलाडीलाई हवाईजहाजको आवतजावत टिकट र होटलमा बस्ने व्यवस्थासमेत मिलाइएको हुन्थ्यो,’ ती प्रहरीले विकासन्युजलाई भने, ‘ खेलाडीको सुविधाका लागि सम्पूर्ण व्यवस्था क्यासिनोले गरिदिने गरेका छन् ।’
क्यासिनोबाट को-को पक्राउ परे ?
यी हुन म्यानेजरहरू :
१.जिल्ला रुपन्देही सिद्धर्थनगर नगरपालिका वडा नं. ०६ गल्लामण्डी बस्ने वर्ष २२ का अभय कुमार गुप्ता
२. जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. २ बस्ने वर्ष २६ का सुशान्त अधिकारी
३. जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष २९ को निर्केष नेपाल
४. जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बस्ने वर्ष २८ को सञ्जय शाक्य
यी हुन खेलाडीहरू
१.जिल्ला काठमाडाैं चन्द्रागिरी नगरपालिका वडा नं. १३ बस्ने बर्ष ५० का जीवन थापा
२.जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं. ५ खैरनी बस्ने वर्ष ३२ का आकाश गुप्ता
३. जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं। ५ खैरनी बस्ने बर्ष ३३ को सुनारी मगर
४. जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४२ का नेत्र पोख्रेल
५. जिल्ला रुपन्देही कोटहीमाई गाँउपालिका वडा नं. ३ बस्ने वर्ष २९ का अब्दुल कलाम जोलहा
६. जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ९ बस्ने वर्ष ५८ का अभिषेक शर्मा
७. जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. १५ बस्ने वर्ष ४४ का शिव पाण्डे
८. जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. ५ बस्ने वर्ष ५० का बाबुराजा महर्जन
९. जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३४ का रोहन विक भन्ने तिल बहादुर विक
१०. जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं ७ बस्ने वर्ष ४४ का जंगकुमार अग्रवाल
११. जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २८ का निरज गुप्ता
१२. जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २१ का सुरज जयसवाल
१३. जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष १८ का रमेश यादव
१४. जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३८ को निर्मल बस्याल
१५. जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३० को भरत थापा