काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स, फोटोन नेपालको आधिकारिक वितरकले चितवन अटो शो २०२६ मा प्रभावशाली उपस्थिति जनाउने तयारी गरेको छ । कम्पनी वैशाख १७ देखि २१ सम्म चितवन एक्स्पो सेन्टरको हल नं. ०३ (कमर्शियल) को स्टल नं. ०३ मा सहभागी हुने भएको छ ।
कम्पनीले ईभी भ्यान, टीएम१ र पिकअप सेग्मेन्टमा विशेष अफरसहित आफ्नो प्रस्तुति दिने जनाएको छ । यस वर्षको अटो शोमा फोटोन नेपालले आफूलाई सबैभन्दा चर्चित कमर्शियल मोबिलिटी गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
स्टलमा आउने आगन्तुकहरूले विभिन्न सवारी साधनहरूको आकर्षक रेन्ज अवलोकन गर्न पाउनेछन् । फोटोन हाइ रूफ ईभी भ्यान (मूल्य: रु. ५३ लाख ४९ हजार) र लो रूफ ईभी भ्यान (मूल्य: रु. ४८ लाख ४९ हजार) खरिदमा फ्यामिली रिट्रीट प्याकेज, ५५ इन्च एलईडी टिभी, नगद रेफरल बोनस तथा गिफ्ट ह्याम्पर उपलब्ध गराइनेछ । त्यस्तै, सोकोन ईभी भ्यान (मूल्य: रु. ३९ लाख ९९ हजार) मा पनि समान सुविधाहरू समावेश छन् । यी सबै मोडलमा थप नगद छुट भने कार्यक्रममै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
बहुउपयोगी सवारी खोज्ने ग्राहकका लागि फोटोन टीएम१ (मूल्य: रु. २८ लाख ४९ हजार) मा नगद छुट र गिफ्ट ह्याम्पर उपलब्ध हुनेछ, जसको अन्तिम अफर पनि कार्यक्रममै घोषणा गरिनेछ । साथै, फोटोन पिकअपमा पहिलो वर्षका लागि शून्य प्रतिशत ब्याजदरको सुविधा प्रदान गरिनेछ, जसले व्यवसायी तथा उद्यमीहरूलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार, देशभर १७१ भन्दा बढी ईभी चार्जिङ स्टेशन र १४ भन्दा बढी आउटलेटसहितको अफ्टर–सेल्स सर्भिस नेटवर्क, जेन्युइन स्पेयर पार्ट्सको उपलब्धता तथा लचिलो फाइनान्सिङ सुविधाले ग्राहकलाई दीर्घकालीन स्वामित्वमा भरोसा दिनेछ ।
फोटोन नेपालले चितवन तथा आसपासका उद्यमी, परिवार, फ्लिट अपरेटर र कमर्शियल ग्राहकलाई स्टलमा उपस्थित भई विशेष अफरको लाभ लिन आग्रह गरेको छ । चीनको अग्रणी कमर्शियल भेहिकल ब्रान्डको प्रतिनिधित्व गर्दै फोटोन नेपालले यस वर्षको अटो शोमा भविष्य–उन्मुख मोबिलिटी समाधान प्रस्तुत गर्ने जनाएको छ ।