अध्यादेश फिर्ता लिन नेपाल बारको सरकारसँग माग

काठमाडौं । नेपाल बार एशोसिएसनले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेशहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

बुधबार (आज) बारका महासचिव केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै संविधानवादको मर्मविपरीत हुने गरी अध्यादेशमार्फत कानुन निर्माण गर्न नहुने स्पष्ट पारे।

जनप्रतिनिधिमूलक संस्थाको भूमिका कमजोर पार्ने कुनै पनि कदम अस्वीकार्य हुने उल्लेख गर्दै बारले संसदीय प्रणाली, विधि र स्थापित प्रक्रियाको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ ।

बारले लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक व्यवस्थाको संरक्षण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने पनि जोड दिएको छ ।

Share News