काठमाडौं । नेपाली सेनाले विपद्का घटनाहरूमा मानवीय र भौतिक क्षति नहोस भनेर सुकुम्बासी वस्तीको विवरण सुरू गरेको छ ।
नेपाली सेनाका विभिन्न जिल्लाका स्थानीय युनिटहरूले विपद्का घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनर्स्थापनाका कार्यहरूलाई सहज बनाउने उद्देश्यले सुकुम्बासी वस्तीको विवरण संकलन गरेको हो ।
स्थानीय युनिटहरूले आफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने विपद्का घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार र राहत वितरणमा सहज होस भनेर विवरण संकलन गरिएको नेपाली सेनाले जनाएको छ ।
वर्षातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुन सक्ने जोखिमलाई दृष्टिगत गरी सुकुम्बासी वस्तीको संख्या संकलन गरेको सेनाले उल्लेख गरेको छ । मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न विपद् पूर्व तयारीको योजना गर्दै आएको सेनाले बताएको छ ।
विपदले मावनीय क्षति नहोस भनेर समय(समयमा अपडेट गर्ने गरेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । जोखिमको संकट टार्न सेनाले वस्तीको गणना गर्ने गरेको उनले बताए । ‘सेनाले वस्तीको गणना गरेको पहिलोपटक होइन,’ उनले भने ।
