सुदूरपश्चिम प्रदेशको इन्चार्ज नसम्हाल्ने भीम रावलको घोषणा

फाइल तस्बिर ।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा आफूलाई परामर्शबिना तोकिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

रावलले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै पार्टीले गरेको कार्यविभाजनप्रति असहमति व्यक्त गरेका हुन् । 

उनले आफूलाई सो जिम्मेवारी दिँदा पूर्वपरामर्श नगरिएको उल्लेख गर्दै यसप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।

पार्टीले अधिकांश प्रदेशमा युवापुस्तालाई इन्चार्जको जिम्मेवारी दिएको अवस्थामा सुदूरपश्चिम प्रदेशमा भने पुरानो पुस्तालाई जिम्मेवारी दिनु उपयुक्त नभएको उनको भनाइ छ । 

‘सबैजसो प्रदेशमा युवापुस्तालाई इन्चार्ज बनाइएको छ, तर सुदूरपश्चिममा बुढा पुस्तालाई जिम्मेवारी दिनु मिल्दैन,’ रावलले लेखेका छन् ।

उनले सुदूरपश्चिम प्रदेशमा पनि युवा नेताहरूलाई नै नेतृत्वदायी भूमिकामा अघि सार्नु उचित हुने धारणा राखेका छन् ।

नेकपाले पछिल्लो समय संगठन सुदृढीकरण र कार्यविभाजनलाई तीव्रता दिँदै विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गरिरहेको छ । तर कार्यविभाजनकै विषयमा शीर्ष नेताबीच असन्तुष्टि देखिन थालेको संकेत रावलको प्रतिक्रियाले दिएको छ ।

Share News