देउवा समूहको बैठक धुम्बाराहीमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको बैठक धुम्बाराहीमा सुरु भएको छ । बैठकमा चौधौं महाधिवेशनका केन्द्रीय सदस्य, प्रदेश सभापति र जिल्ला सभापतिहरू उपस्थित रहेको बताइएको छ ।

एक जिल्ला सभापतिका अनुसार बैठकमा १५५ जना नेताहरू सहभागी रहेका छन् । पछिल्लो समय देउवा समूहको नेतृत्व पूर्व कार्यवाहक अध्यक्ष पूर्णबहादुर खड्काले गरेका छन् ।  

Share News