सिमेन्टको मूल्य घटाउने सहमति, आजै सबै उद्योगलाई पत्राचार गरिने

<p>काठमाडौं । सिमेन्ट उद्योगीहरु सिमेन्टको मूल्य घटाउन सहमत भएका छन् । उद्योग मन्त्री नविन्द्रराज जोशीसँग उद्योग मन्त्रालयमा आयोजना गरिएको छ । छलफलमा नेपाल सिमेन्ट उद्योग संघले वृद्धि गरिएको मूल्यमा पुर्नविर्चार गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । उद्योग मन्त्री नवीन्द्रराज जोशीले पुनर्निर्माणको प्रथम चरण भरखरै शुरु भएकाले सिमेन्टको मूल्य बढाउँदा नागरिक र राज्यलाई नै असर गर्ने [&hellip;]</p>

काठमाडौं । सिमेन्ट उद्योगीहरु सिमेन्टको मूल्य घटाउन सहमत भएका छन् । उद्योग मन्त्री नविन्द्रराज जोशीसँग उद्योग मन्त्रालयमा आयोजना गरिएको छ । छलफलमा नेपाल सिमेन्ट उद्योग संघले वृद्धि गरिएको मूल्यमा पुर्नविर्चार गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।
उद्योग मन्त्री नवीन्द्रराज जोशीले पुनर्निर्माणको प्रथम चरण भरखरै शुरु भएकाले सिमेन्टको मूल्य बढाउँदा नागरिक र राज्यलाई नै असर गर्ने बताएपछि उद्योगीहरु पुर्नर्विचार गर्न सहमत भएका हुन ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले नेपाली सिमेन्टहरुको उत्पादन लागत दक्षिण एसियामै महंगो रहेको भन्दै सरकारको अनुरोधलाई स्वीकार गर्दै हाललाई मूल्य वृद्धिमा पुनर्विचार गर्न संघले आफ्ना सदस्य सिमेन्ट उत्पादकहरुलाई आजै पत्राचार गर्ने बताए ।

नेपाली सिमेन्ट उद्योगको उत्पादन लागतलाइ कम गरि प्रतिस्पर्धी मूल्यमा गुणस्तरिय सिमेन्ट उपभोक्ताहरुलाई उपलब्ध गराउन के कस्ता उपायहरु अवलम्वन गर्नु पर्नेछ भनी अध्ययन गर्न उद्योग मन्त्रालयका सह सचिव गोपीकृष्ण खनालको संयोजकत्वमा अर्थ मन्त्रालय, सिमेन्ट उत्पादक संघका प्रतिनिधि र विज्ञ सदस्य समेत रहेको एक अध्ययन समिति समेत गठन गरिएको छ ।

सो समितिले सरकारलाई नेपाली सिमेन्ट उद्योगको उत्पादन लागत कम गर्न सकिने बिषयमा अवलम्वन गर्नुपर्ने नीतिगत सुधारका सम्वन्धमा सुझाव दिनेछ । अन्तराष्ट्रिय बजारमा कोईला र क्लिङ्गकरको मूल्य वृद्धि भएको भन्दै केही नेपाली सिमेन्ट उत्पादकहरुले आफ्नो उत्पादनमा प्रतिवोरा २० रुपैंया देखि ३० रुपैंयासम्म मूल्य वृद्धि गरेको समाचार वाहिर आएपछि गत विहीवार उद्योग मन्त्री नवीन्द्राज जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्षलाई मन्त्रालयमा डाकी मूल्य वृद्धिको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए ।

Share News