काठमाडौं । बदलिँदो खानपान, जीवनशैली र वातावरणीय प्रभावका कारण पछिल्लो समय निःसन्तान सम्बन्धी समस्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको सन् २०२३ को प्रतिवेदनअनुसार विश्वभरका हरेक ६ जना वयस्कमध्ये १ जना आफ्नो जीवनकालमा कुनै न कुनै रूपमा बाँझोपनको समस्याबाट गुज्रिरहेका छन् ।
यो तथ्यांकले निःसन्तानको समस्या कुनै एक क्षेत्र वा वर्गमा मात्र सीमित नभई विश्वव्यापी रहेको देखाउँछ । विभिन्न स्वास्थ्य अध्ययनहरूकाअनुसार नेपालमा करिब १३ देखि १५ प्रतिशत विवाहित दम्पतीहरूमा बाँझोपनको समस्या रहेको अनुमान गरिन्छ । यसको अर्थ नेपालका लाखौँ दम्पतीहरू सन्तान सुखको पर्खाइमा छन् ।
विशेषगरी निम्न र मध्यम आय भएका देशहरूमा उपचारको लागत उच्च हुनु र दक्ष प्रविधिको अभावले निसन्तान समस्यालाई अझ जटिल बनाएको छ । एउटा दम्पतीका लागि सन्तान सुख संसारकै ठूलो खुशी हो । यही मानवीय संवेदनालाई मध्यनजर गर्दै ललितपुरको जावलाखेलस्थित अल्का आइ भि एफ एण्ड फर्टिलिटी सेन्टरले विशेष सेवामूलक अभियानको घोषणा गरेको छ ।
अस्पतालका प्रशासन प्रमुख भगवान केसीले 'उपचारको अभावमा कसैको कोख रित्तो नहोस्' भन्ने उद्देश्यका साथ वैशाख महिनाभर निःसन्तान दम्पतीका लागि विशेष सहुलियत प्याकेज ल्याएको बताए । नेपालका विभिन्न अध्ययनले १३ देखि १५ प्रतिशत दम्पती विभिन्न कारणले सन्तान प्राप्त गर्न नसकिरहेको अवस्था देखाएका छन् । उचित परामर्श र आर्थिक अभावमा धेरै दम्पतीले उपचार पाउन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै, अस्पतालले विशेष प्याकेजमार्फत सन्तान प्राप्तिको अवसर सिर्जना गरेको जनाएको छ ।
विशेष गरी विकट ठाउँमा बसोवास गरिरहेका र विभिन्न कारणले काठमाडौं आउन समस्या भोगिरहेका दम्पतीका लागि अस्पतालले सुरुवाती परामर्श फोनमार्फत लिन सक्ने व्यवस्था गरेको छ । यद्यपि, प्राविधिक रूपमा ल्याब परीक्षण र निरन्तर फलोअपका लागि काठमाडौंमा नै उपस्थित हुनुपर्ने अस्पतालको केसीको छ ।
अस्पतालले निःसन्तानपनसम्बन्धी समस्या भएका महिला तथा पुरुषहरूलाई ढिलो नगरी समयमै परामर्श लिन र सन्तान प्राप्तिको चाहना पूरा गर्न अग्रसर हुन अनुरोध गरेको छ ।
उनले भने ‘यो प्याकेज २०८३ वैशाख १ गते देखि वैशाख मसान्तसम्मको लागि हुनेछ । विभिन्न अध्ययनले देखाएअनुसार नेपालमा १३ देखि १५ प्रतिशत दम्पतीहरू विभिन्न कारणले गर्दा खेरि सन्तान प्राप्त गर्न नसकिरहेको अवस्था देखिएको अवस्थामा जो दम्पतीहरूलाई सन्तानको चाहना छ, विभिन्न कारणले गर्दा खेरि उचित परामर्श नभएको अवस्थाले गर्दाखेरि, आर्थिक कारणले गर्दा खेरि उहाँहरूको चाहना पूर्ति नभएको अवस्थामा यस अस्पतालले विशेष प्याकेजमार्फत सन्तान प्राप्तिका लागि उहाँहरूलाई एउटा अवसर सिर्जना गरेको छ ।’
अस्पतालकाअनुसार यो अभियान अन्तर्गत दम्पतीहरूले प्रारम्भिक जाँचका लागि शुल्क तिर्नुपर्ने छैन । चिकित्सकसँगको परामर्श, टि.भी.एस र वीर्य जाँच जस्ता आधारभुत तर महत्वपूर्ण परीक्षणहरू पूर्ण रूपमा निःशुल्क गरिएको छ । त्यस्तै, सन्तान प्राप्तिको एक विधि आईयूआई उपचार सेवा पनि यो अवधिमा निःशुल्क उपलब्ध हुनेछ ।
लामो समयदेखि उपचारको पर्खाइमा रहेका तर आर्थिक जोहो गर्न नसक्ने दम्पतिका लागि आइ.भी.एफ प्याकेजमा ५० हजार रुपैयाँसम्मको छुटको व्यवस्था अस्पतालले गरेको छ । त्यसैगरी प्रयोगशाला परीक्षणहरूमा पनि २० प्रतिशत छुट गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले बाँझोपनलाई प्रजनन प्रणालीको एउटा रोगको रूपमा परिभाषित गर्दै यसको उपचारमा सबैको समान पहुँच हुनुपर्नेमा जोड दिँदै आएको छ । वैशाख ३१ गतेसम्म चल्ने यो विशेष अभियानको लाभ लिन दम्पतिले अग्रिम नाम दर्ता गर्नुपर्नेछ ।